बर्दिवास नगरपालिकामा मेयर पदमा नेकपा माओवादीे केन्द्रबाट खड्का र नेपाली काग्रेसका हमाल को मनोनयन दर्ता

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकामा मेयर पदमा नेकपा माओवादीे केन्द्र र नेपाली काग्रेसका उमेदवारले मनोनयन दर्ता गराएका छन।
नगरपालिकाका मेयर पदमा नेकपा माओवादीे केन्द्रको तर्फबाट राजु खड्काले मनोनयन दर्ता गराएका हुन ।
बर्दिवासकै पहिलो मेयर बिदुर कुमार कार्कीलाई अघिल्लो स्थानिय चुनाबको अन्तिम समयमा आफुले पाएको टिकट समेत दिएर पार्टीलाई योगदान गरेका खड्काले माओबादी केन्द्रको साख राख्न कार्कीलाई जिताउन जिउ ज्यान दिएका थिए। केद्रिय सदस्य खड्काले आगामी बैशाख ३० गत्ते हुन गईरहेको स्थानिय निर्वाचनमा माओबादी केन्द्रको तर्फवाट यस पटक समेत पार्टीको प्राथमिकतामा परेर टिकट पाएपछी मनोनयन दर्ता गराएको माओबबादी केन्द्रले जनfएको छा
त्यसैगरी नेपाली काग्रेसका बिकास प्रेमी, जनताको काममा अहोरात्र कामगर्ने नेता तथा बर्दिवास गाबिसका पुर्व गा। बि ।स । अध्यक्ष चिरंजिबी हमालले पनी मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय बर्दिवासले जनाएको छ।