बर्दिबास नगरपालिका मेयरमा प्रल्हाद क्षेत्रीको स्वतन्त्र उम्मेदवारी

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
बर्दिबास नगरपालिकाको मेयरमा कांग्रेसका दुई जनाले आकांक्षा देखाएका थिए । लामो समयदेखि चल्दै आएको विवामा कांग्रेसले चिरञ्जीवी हमाललाई आधिकारिकता दिएर मेयरको टिकट दिएको छ ।

पार्टीको निर्णयप्रति अस्नतुष्टि जनाउँदै अर्का आकांक्षी प्रल्हाद क्षेत्रीले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । उनीहरू दुवै जना सोमबार विहान एकै समय मेयरको उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय बर्दिबासमा पुगेका थिए ।

बर्दिबास निर्वाचन कार्यालयका प्रमुख भुपेन्द्र सापकोटाका अनुसार एउटै पार्टीको दुई उम्मेदवारको मनोनयन दर्ता गर्न नमिलेपछि उनीहरू फर्किएका थिए । ‘हामीले आधिकारिकता पुष्टि गर्न कांग्रेस पार्टीलाई पत्रचार गरेका थियौँ । अहिले हमालको आधिकारिकता भएको पुष्टि गरेको छ ।’
उनले भने । हमालको आधिकारिकता भएको पुष्टि भएपछी क्षेत्रीले वतन्त्र रुपमा उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालय बर्दिवासले जनाएको छ।