जनकपुरधाम, बैशाख ११ गते ।
मेयरमा लड्ने भन्दै राजीनामा दिएका मधेश प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री राजिनामा अन्ततः राजिनामा फिर्ता लिएका छन् ।यादवले सिरहा नगरपालिकाको मेयरमा लड्ने भन्दै शुक्रबार मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।तर नेकपा एकीकृत समाजवादीलाई मेयर पद नदिने सत्ता गठबन्धनको निर्णयपछि उनले राजीनामा फिर्ता लिएका हुन् ।
‘मेयरको टिकट नपाएपछि मन्त्री र प्रदेश सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएको छु ।’ उनले भने ।राजीनामाका लागि शुक्रबार दिउँसो प्रदेशसभा सचिवालयमा यादवले निवेदन दिएपनि दर्ता भएको थिएन ।मन्त्री पदबाट यादवले दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता गर्न बाँकी रहेको कारण राजीनामा फिर्ता लिन सहज भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले बताए ।