स्थानीय तह निर्वाचनका लागि महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्न नेपाली काँग्रेसका शीर्ष नेताको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा काँग्रेसका शीर्ष नेताहरु अनौपचारिक छलफलमा छन् ।शुक्रबार र शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको शीर्ष नेताको छलफलमा सहमति जुट्न नसकेपछि अहिले पार्टी सानेपामा छलफल भइरहेको छ । बिहान ९ बजे शीर्ष नेताको बैठक बस्ने पनि साढे १० बजेपछि मात्र छलफल सुरु भएको थियो ।
शीर्ष नेताबीच महानगरपालिका मेयर उपमेयरका उम्मेदवारबारे सहमति जुटेपछि कार्यसम्पादन समिति बैठक बस्ने छ । कार्यसम्पादन समिति बैठक ११ बजे बस्ने भनेपनि शीर्ष नेताहरु सहमतिकै खोजीमा अल्झिएको अवस्था छ । काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगरबाट गठबन्धनबाट मेयरको साझा उम्मेदवार खडा गर्ने छ ।यस्तै भरतपुर, पोखरा र विरगञ्जमा काँग्रेसबाट उपमेयरको उम्मेदवार हुने छन् । काठमाडौंमा सिर्जना सिंहको नाममा सहमति जुटेपछि विराटनगर र ललितपुरमा सहमतिको खोजिइरहेको छ । यस्तै उपप्रमुखमा पनि सहमति जुट्न सकेको छैन । आज र भोलि उम्मेदवारी दर्ताको समय भएपनि काँग्रेसले अझै उम्मेदवार तय गर्न सकेको छैन ।
साभार: रातोपाटी