ढल्केवर, धनुषा
राष्ट्रिय प्रजातन्त्र पार्टीले धनुषाको मिथिला नगरपालिकामा मेयर पदका लागि प्रत्यासी उम्मेदवारको रुपमा जनककुमार कार्कीलाई चयन गरेको छ ।
आइतबार बिहान ढल्केवरमा पार्टीका नगर अध्यक्ष पदमबहादुर मोक्तानको अध्यक्षमा बसेको कार्यसमितिको बैठकले मिथिला नगरपालिकामा मेयर पदका लागि प्रत्यासी उम्मेदवारको रुपमा कार्कीलाई चयन गरेको हो ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट सवल, सक्षम, योग्य युवा उम्मेदवार चयन गरेको पार्टीका नगर अध्यक्ष मोक्तानले बताए । उनले मेयरको टुङ्गो लागेर टिकट पनि प्रदान गरिसकेको र नगरपालिकाको सवै वडामा वडा अध्यक्ष र सदस्यहरुको नाम आजै छनोट गर्ने जानकारी दिए ।
मेयर पदका लागि चयन भएका प्रत्यासी उम्मेदवार कार्की मिथिला नगरपालिकामा चिरपरिचित युवा हुन् । युवा उम्मेदवारलाई पाएर पार्टीका नेताकार्यकर्ता हौंसिएका छन् ।
साभार :शिरिष न्यूज