धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिकाकाे काँग्रेसबाट पार्टी सभापति पजियारकाे एकल नाम सिफारिस

[sharethis-inline-buttons]

जनकपुरधाम – धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट याेगेन्द्र पजियारकाे एकल नाम सिफारिस गरिएको छ।
पजियार नेपाली काँग्रेस धनुषाकाे सभापति र क्षीरेश्वरनाथ नगरपालिकाका वर्तमान मेयर समेत हुन्।

विहिवार बसेको काँग्रेसको नगरपालिका समितिकाे बैठकमा पजियारकाे एकल नाम सिफारिस गरिएको नगर सचिव गाेविन्द गिरिले जानकारी दिए ।

यसैगरी उपमेयरको उम्मेदवारीको लागि शारदा सिंह, भावना घिमिरे ढुंगेल र रचना श्रेष्ठ माथेमाको नाम सिफारिस भएको छ । सिफारिस गरिएकामध्ये माथेमा वर्तमान उपमेयर तथा मधेस प्रदेश समितिका सदस्य हुन्।

पजियार र माथेमा दबैजनाले पुनः चुनाव लड्नकाे लागि शुक्रबार नै पदबाट राजिनामा गरिसकेका छन्।

यता प्रदेश कमिटीले जिल्लाको चुनावी कमाण्ड सम्हाल्नुपर्ने भन्दै जिल्ला सभापतिहरुलाई चुनाव नलड्न दबाब दिएकाे अवस्था रहेको छ।

तर जिल्ला सभापति पजियारले सभापति शेरबहादुर देउवा पार्टी सभापति र प्रधानमन्त्री दुबै हुन सक्ने अनि आफू जिल्ला सभापति भएर मेयर किन बन्न नसक्ने भन्ने तर्क अघि सारेका छन् ।

साभार: शिरिष न्यूज