महोत्तरी- महोत्तरीको सोनमा गापाबाट प्रहरीले संकास्पत मोटरसाईकल बरामद गरी अनुसन्धान थालेको छ ।
शुक्रबार राती वडा नं ७ सुन्दरपुर बस्ने शिबजी यादब चढने गरेको मोटरसाईकल चोरीको रहेको गोप्य सुचना पश्चात अस्थाई प्रहरी चौकी मगरथानाबाट गएको प्रहरी टोलीले निजको घरबाट बरामद गरेको प्रहरीले जनाएको छ ।
BR06BY6221 नंम्बरको रातो र कालो रंगको पल्सर 150 सिसि मो.सा.घरमा कोही नरहेको अबस्थामा बरामद गरी बास्तबमा मो.सा.चोरीको हो कि होईन अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
साभार: शिरिष न्यूज