अमेरिकी संसदीय टोली नेपालमा

[sharethis-inline-buttons]

अमेरिकी उच्चस्तरीय संसदीय टोली नेपाल आइपुगेको छ । सिनेटर किर्स्टन जिलीब्रान्डको नेतृत्वमा अमेरिकी उच्चस्तरीय संसदीय टोली नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेको अमेरिकी दूतावासले जनाएको छ ।

टोलीमा सिनेटरहरू शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधी सभा सदस्य मोन्डेयर जोन्स पनि सामेल छन् । नेपाल–अमेरिका सम्बन्धको ७५ औं वर्ष मनाउने पूर्वसन्ध्यामा यो उच्चस्तरीय भ्रमण भएको हो ।

साभार:रातोपाटि