जनकपुरधामका कांग्रेसी नेता र कार्यकर्ताहरु सामूहिक राजीनामा दिने तयारीमा

[sharethis-inline-buttons]

जनकपुरधाम-

सत्ता गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टीलाई दिने सहमति गरेपछि जनकपुरधामको कांग्रेसी नेताहरु विद्रोहको तयारी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका काँग्रेसका नेताहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

जनकपुरधामको मेयर जसपालाई दिएपछि काँग्रेस नेताहरु असन्तुष्टी जनाउँदै आएका छन् ।असन्तुष्ट काँग्रेसी नेताहरुले आज २ बजे पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गर्ने तयारी गरेका हुन् ।

उनीहरु स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने तयारी समेत गरेका छन् ।यसका लागि दुई बजे नगरसभापति मनोज साहले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।