महोत्तरी – सामाजिक सुरक्षा भत्ता लामोसमयसम्म वितरण नगरेको भन्दै महोत्तरीको भंगहा नगरपालिका मेयर संजिवकुमार साहले बैंकमा नै तालबन्दी गरेका छन् ।
बुधबार दिउँसो उनले भंगहाको सीतापुर बजारमा रहेको कुमारी बैंकमा तालबन्दी गरेका हुन् ।
नगरपालिकाबाट खातामा जम्मा गरेको समाजिक सुरक्षा भत्ता चार महिनासम्म पनि वितरण नगरेकाले बाध्य भएर तालाबन्दी गरेको मेयर साहले बताए ।
‘साढे ४ महिना अघि नै नगरपालिकाले बैंक खातामा समाजिक सुरक्षा भत्ता जम्मा गर्यो । पटक पटक बाँड्न आग्रह गरे । तर कुनै वास्ता गरेन । त्यस कारण बाध्य भएर तालाबन्दी गरे, उनले भने ।