आज्ञा सम्वाददाता
काठमांडौ
हिजो खुवाउन छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।
राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमअन्तर्गत दुई दिनमा झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ । सोही अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सबैमा अनुरोध गरेको छ ।
गएको फागुन र चैत महिनामा सरकारले हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन गरेकोे जिल्लामा दुई वर्षमाथिका बालबालिकाले जुकाको औषधि खाइसकेको हुनाले ती जिल्लामा बालबालिकालाई सोधेर मात्रै जुकाको औषधि खुवाईने भएको छ ।
सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेकाले हरेक बर्ष, वर्षमा दुईपटक भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै आएको छ ।