दर्शकले सौगात मल्लको लाउड क्यारेक्टरनै मन पराउछन

[sharethis-inline-buttons]

काठमाण्डौँ-

हरेक प्रकारको चरित्रमा जीवन्त बाँच्ने कलाकार हुन्, सौगात मल्ल । ‘छड्के’, ‘कागबेनी’, ‘लुट’, ‘कथा’ जस्ता फिल्ममा फरक-फरक चरित्रमा अभिनय गरेका उनी चरित्र निर्माणमा पनि पर्याप्त मेहेनत गर्ने गर्दछन् । तर, ‘लुट’यता उनले निर्वाहा गरेका प्रायः क्यारेक्टर लाउड छन् । यो कुरा उनी आफैंले पनि महशुस गरेका छन् । तर, आफ्नो स्वइच्छाले लाउड अभिनय नगरेको उनको भनाई छ ।

फिल्मीखबरसँगको एक भेटमा उनले भने, ‘मैले ‘लुट’मा बेस्सरी लाउड अभिनय गरेको थिएँ । तर, दर्शकहरुले त्यही कुरा मन पराउनुभयो । क्यारेक्टरमा सुहाउने भयो भने लाइड लाग्दैन, नमिल्यो भने लाइड लाग्ने हो । यसलाई मैले सामान्य रुपमा नै लिएको छु । तर, दर्शकहरुले मलाई लाउड क्यारेक्टरमा नै बढी रुचाउनु भएको छ । म आफैंले चाहेर लाउड अभिनय गर्ने चाहिँ होइन ।’

उनी अभिनीत नयाँ फिल्म ‘मन्त्र’ बैशाख १६ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनी फरक गेटअप र लवजमा प्रस्तुत छन् । फिल्ममा उनले पहिलो पटक भोटे भाषा बोलेका छन् । उनी गेटअप र लवजको हिसाबले आफूले यसअघि काम गरेका फिल्मभन्दा ‘मन्त्र’ फरक रहेको बताउँछन् । भोटे भाषाको लवज र टोन नबिग्रियोस् भनेर स्थानीयसँग बुझ्ने प्रयास पनि गरेको उनले बताए ।

सौगात फिल्मले दर्शकलाई मनोरञ्जन दिनेमा विश्वस्त देखिन्छिन् । उनी अगाडि भन्छन्, ‘मैले पूरा फिल्म हेरिसकेको छैन । रफ फाइदा हेर्दा मैले इन्जोय गरेँ । समय वितेको मलाई थाहा नै भएन । फिल्मले दर्शकलाई हलमा बाँधेर राख्न सक्छ भन्नेमा म विश्वस्त छु । फिल्म प्याकेजको बनेको छ ।’ खिल बहादुर गुरुङ निर्देशित फिल्ममा सौगातको जोडी अभिनेत्री दीया पुनसँग बाँधिएको छ