सिटीले हालान्डसँग सम्झौता गरिसकेको दाबी

[sharethis-inline-buttons]

एजेन्सी –

इंग्लिस क्लब म्यानचेस्टर सिटीले नर्वेजियन युवा स्टार फरवार्ड एर्लिङ ब्राउट हालान्डका लागि उनको एजेन्ट मिनो रायोलासँग सम्झौता गरिसकेको समाचार डेली मेलले प्रकाशित गरेको छ । बोरुसिया डर्टमन्डका २१ वर्षे फरवार्डलाई सिटीबाहेक रियल म्याड्रिड, बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि भित्राउन चाहेको चर्चा हुँदै आएको छ । बायर्न म्युनिखले भने हालान्डलाई लिने दौडबाट आफूलाई अलग गरिसकेको छ ।

‘हालान्डको पारिश्रमिक, एजेन्टलाई बोनसलगायतको प्याकेजलाई हेर्ने हो भने सोचेको भन अन्त्यधिक रहेको छ,’ बायर्नका प्रमुख कार्यकारी अधिकृत ओलिभर कानले भनेका छन् ।डर्टमन्डसँग हालान्डको सम्झौता सन् २०२४ सम्म रहेको छ । तर ७५ मिलयनको आसपास सरुवा रकम पाएको खण्डमा भने क्लबले उनलाई छाड्ने शर्त रहेको बताइएको छ ।

सिटीमा हालान्डले कति कमाउछन् ? बेलायती सञ्चारमाध्यमका अनुसार हालान्डले प्रति साता ६ लाख युरो भन्दा बढी पारिश्रमिक लिनेछन् ।
त्यसका आधारमा हालान्डको पारिश्रमिक प्रतिदिन करिब ८६ हजार १ सय ९५ युरो हुनेछ । त्यो प्रिमियर लिगमा एउटा खेलाडीले पाउने सर्वाधिक रकम हो । हालान्ड सिटीमा आबद्ध हुनुमा अर्को कारण उनका लागि ७५ मिलिनय युरो खर्चन तयार भएको छ । पेप ग्वार्डिओलाको सिटीले उनसँग ५ वर्षका सम्झौता गरेको बताइएको छ ।

डर्टमन्डको भनाई केहि दिन अघि मात्र डर्टमन्डका जिम्मेवार पदाधिकारीले सिटीसँग हालान्डका लागि कुनै सम्झौता नभएको बताएका थिए । लाइसेनिङतर्फका प्रमुख सेबास्टिन खेले कुनै पनि टोलीले औपचारिक रुपमा प्रस्ताव नलाएको बताएका थिए । ‘त्यसमा केहि शर्त हरु छन् त्यो सर्बलाई थाहा छ, उने भनेका थिए, अहिले त्यस्तो केहि प्रस्ताव आएको छैन ।’