जनकपुरधाम। मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जितेका गाउँ÷नगर पालिकामा सत्तारुढ पाँच दलले गठबन्धन बनाएर निर्वाचनमा जाने निर्णय गरेको छ ।
जनकपुरमा आज बसेको सत्तारुढ पाँच दलका प्रदेश स्तरिय नेताहरुको बैठकमा वैशाख ३० गते हुने निर्वाचनमा ती पालिकाहरुमा गठबन्धन गर्ने निर्णय भएको हो । बैठकमा सहभागी कांग्रेस प्रदेश कोषाध्यक्ष प्रदिप यादवका अनुसार बाँकी पालिकाहरुमा आवश्यक्ता अनुसार गठबन्धन गर्ने सत्तारुढ दलहरु सहमत भएका छन् ।
‘प्रदेशभरमा लोसपा र एमाले जितेका ३३-३४ पालिकाहरुमा जसरी पनि गठबन्धन गर्ने र बाँकी पालिकाहरुमा आवश्यक्ता हेरी गठबन्धन गर्न हामी सहमत भएका छौँ,’ उनले भने ।