पीडित ‘होस्टाइल’ भएपछि पल शाह प्रकरण मुद्दाअब के हुन्छ ?

[sharethis-inline-buttons]

काठमाण्डौँ-
अभिनेता पल शाहले आफूमाथि पटकपटक बलात्कार गरेको जाहेरी लिएर प्रहरी कार्यालयमा जाहेरी दिएकी नाबालिगले अदालतमा बकपत्र गर्ने समयमा आफ्नो बयान फेरेकी छिन् । अदालतमा मुद्दा दायर हुने बेलासम्म आफूमाथि पटकपटक बलात्कार भएको बयान दिएकी नाबालिगले अदालतमा बकपत्र गर्ने समयमा भने पहिले दिएको बयान प्रतिकुल हुने गरी होस्टाइल बयान दिएकी हुन् । पीडित नाबालिगको तर्फबाट मुद्दा लडिरहेकी एक अधिवक्ताका अनुसार पीडित बालिकाले आइतबार तनहुँ जिल्ला अदालतमा बकपत्र गर्ने क्रममा होस्टाइल बयान दिएकी छिन् ।

प्रहरी कार्यालयमा जाहेरी दिने समय र सरकारी वकिल सामुन्ने लिइएको बयानमा पीडित बालिकाले आफूमाथि जबरजस्ती करणी भएको दाबी गरेकी थिइन् । तर आइतबार अदालतमा बयान गर्ने क्रममा भने नाबालिगले आफूमाथि बलात्कार नभएको तर दबाब र प्रभावमा परी बलात्कारको जाहेरी दिएको बकपत्र गरेकी छिन् । उनको होस्टाइल बकपत्र लगत्तै पल शाह प्रकरणमा ट्वीस्ट आएको छ । अभिनेता पल शाहले आफूमाथि पटकपटक बलात्कार गरेको जाहेरी लिएर प्रहरी कार्यालयमा जाहेरी दिएकी नाबालिगले अदालतमा बकपत्र गर्ने समयमा आफ्नो बयान फेरेकी छिन् ।

अदालतमा मुद्दा दायर हुने बेलासम्म आफूमाथि पटकपटक बलात्कार भएको बयान दिएकी नाबालिगले अदालतमा बकपत्र गर्ने समयमा भने पहिले दिएको बयान प्रतिकुल हुने गरी होस्टाइल बयान दिएकी हुन् ।पीडित नाबालिगको तर्फबाट मुद्दा लडिरहेकी एक अधिवक्ताका अनुसार पीडित बालिकाले आइतबार तनहुँ जिल्ला अदालतमा बकपत्र गर्ने क्रममा होस्टाइल बयान दिएकी छिन् ।

प्रहरी कार्यालयमा जाहेरी दिने समय र सरकारी वकिल सामुन्ने लिइएको बयानमा पीडित बालिकाले आफूमाथि जबरजस्ती करणी भएको दाबी गरेकी थिइन् । तर आइतबार अदालतमा बयान गर्ने क्रममा भने नाबालिगले आफूमाथि बलात्कार नभएको तर दबाब र प्रभावमा परी बलात्कारको जाहेरी दिएको बकपत्र गरेकी छिन् । उनको होस्टाइल बकपत्र लगत्तै पल शाह प्रकरणमा ट्वीस्ट आएको छ ।

नाबालिगको तर्फबाट कानुनी सहायता दिइरहेकी एक अधिवक्ताका अनुसार जहेरवाला रहेका पीडित नाबालिगका बुवाले पनि होस्टाइल बकपत्र गरेका छन् । उनले पनि नाबालिगले जस्तै जबरजस्ती करणी नभएको तर दबाब र प्रभावमा परी जाहेरी दिएको भन्दै एकै मिलानको बयान गरेका छन् ।