सिरहामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

आज्ञा सम्वाददाता
सिरहा
सिरहामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन।
पक्राउ पर्र्नेमा गोलबजार नगरपालिका–६ डोहटियाका २५ वर्षीय दिपेश राम रहेका छन। उनलाई २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित गोलबजारबाट प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...