आज्ञा सम्वाददाता
सर्लाही
सर्लाहीमा आइतबार बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका–९ बस्ने ५८ वर्षीय शंकर राय रहेका छन् ।
मलंगवा नगरपालिका–१२ मा बसको ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ । नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतिय नम्बरको मिनी बसले राय सवार साइकललाई आइतबार मध्यान्ह सवा १२ बजे ठक्कर दिएको थियो । बस चालक फरार रहेकाले उनको खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।