आज्ञा सम्वाददाता
बर्दिवास
हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
त्यसैगरी आज दिउँसो ः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशको पहाडी भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षनिक वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती ः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षनिक वर्षाको सम्भावना रहेको छ।
साथै आगामी २४ घण्टामा देशको पहाडी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षनिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ। देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन हुन मौसम पूर्वानुमान मशाशाखाले
अनुरोध गरेको छ।