काठमाडौं-
(हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु गरेकै दिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल एएफसी एसियन कपका लागि छनोट हुन नसक्ने बताएका छन् ।एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि शुक्रबार प्रशिक्षण सुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणपछि दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा अलमुताइरीले भने,‘ हामी निकै बलियो समूहमा छौं ।
हामी एसिया कपका लागि छनोट हुन सक्दैनौं । त्यसमा खेलाडीलाई दोष दिनु ठीक हुने छैन ।’राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा नियुक्त भएर आएपछि नेपाललाई साफ च्याम्पियनसिपको फाइनल पुर्याउँछु भन्ने वाचामा आफू सफल भएको उल्लेख गर्दै उनले थपे, एसिया कपमा भने हामी छनोट हुन सक्दैनौं । धेरै अपेक्षा राख्नु उपयुक्त हुँदैन ।’ त्यसका वावजुद टोलीले कडा चुनौतीका लागि प्रयास गर्ने बताएका छन् ।
२५ सदस्यीय नेपाली फुटबल टोली
किरण कुमार लिम्बु (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी,तेज तामाङ र विशाल राई