४६ वर्षअघि एसएलसी दिएका विद्यार्थीले गरे विद्यालयलाई पुस्तक सहयोग

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सर्लाही
चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालय सर्लाही, हरिवन,सुखेपोखरीबाट ४६ वर्षअघि एसएलसी दिएका विद्यार्थीले बुधबार विद्यालयलाई पुस्तक सहयोग गरेका छन् । विद्यार्थीहरुले केही महिनाअघि आफूहरुलाई अध्यापन गराएर अहिले विभिन्न ठाउँहरुमा पुगिसकेका सुखेपोखरी माविका शिक्षकहरुलाई सम्मान समेत गरेका हुन।

विद्यालयबाट २०३२ सालमा एसएलसी दिएका विद्यार्थीहरुले विद्यालयलाई कक्षा १२ का र वौद्धिक व्यक्तिहरुले लेखेका गरी ३७ हजार २४३ रुपैयाँ पर्ने पुस्तक सहयोग गरेका हुन् । २०३२ सालमा एसएलसी दिएका सम्पूर्ण विद्यार्थीहरुको तर्फबाट दीपक प्रसाद न्यौपाने र रत्नबहादुर बुढाथोकीले विद्यालयका प्रधानाध्यापक रामप्रसाद बराललाई ती पुस्तकहरु हस्तान्तरण गरेका छन ।