रौतहटको गौरबाट ३ लाख घुससहित प्रधानाध्यापक अख्तियारको फन्दामा

[sharethis-inline-buttons]

बर्दिवास,चैत ३० गते।
तीन लाख रुपैयाँ घुससहित रौतहटबाट एक प्रधानाध्यापक (हेडमास्टर) र सर्जिकलका संचालक अख्तियारको फन्दामा परेका छन् ।पक्राउ पर्नेमा रौतहटको गौर स्थित बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउराका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले दुबैजनालाई तीनलाख रुपैयाँ घुससहित मंगलबार बिहान पक्राउ गरेको हो ।
प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नका लागि घुस लिएको अख्तियारको आरोप छ ।

उनीहरुलाई रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।
दुबैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।