आज्ञा सम्वाददाता
महोत्तरी
शसस्त्र प्रहरीले भारत जान लागेका चारजना नेपाली महिलालाई नियन्त्रणमा लिएको छ ।
महिलाहरुलाई सोधपुछ गर्दा शंकास्पद जवाफ दिएपछि सर्लाहीको सीमा नाकामा बिओपी त्रिभुननगरले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई थप सोधपुछ तथा परामर्शका लागि माइती नेपाल सर्लाहीका ईन्चार्ज अमित यादवलाई जिम्मा लगाइएको मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख (डिआईजी) गणेश ठाडा मगरले जनाकारी दिए ।