आज्ञा सम्वाददाता
धनुषा
अध्यादेशको प्रतिस्थापन गर्न ल्याएको मधेस सरकारले दुईवटा विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
प्रदेशसभा बैठकबाट मंगलवार दुवै अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सर्वसम्मतिले पास भएको सभामुख उपमा देवले सदनलाई जानकारी दिइन् ।
प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न प्रदेशसभामा प्रदेश सरकारले विधेयक ल्याएको थियो ।