चेल्सी र रियल म्याड्रिड भिड्दै

[sharethis-inline-buttons]

एजेन्सी –

युइएफए च्याम्पियन्स लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज (मंगलबार) दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । स्पेनिस क्लब रियल म्याड्रिडले साविक विजेता इंग्लिस क्लब चेल्सीलाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल चेल्सीलाई हराउँदै दुवै लेगमा जित निकाल्दै सेमिफाइनल पुग्ने दाँउमा हुनेछ । रियलले अवे मैदानमा ३–१ को जित निकालेको थियो ।

बराबरीको नतिजा नै रियललाई सेमिफाइनलमा पुग्न पर्याप्त रहेपनि रियल स्पष्ट जितसहित अघि बढ्न चहान्छ । चेल्सीविरुद्ध फरवार्ड करिम बेन्जेमा नै मुख्य हतियार हुनेछ । उनकै ह्याट्रिक सहयोगमा रियलले पहिलो लेगमा सहज जित हात पारेको थियो ।यसबाहेक टोलीसँग भिनिसियस जुनियर, रोड्रिगो, मार्काे एसेन्सियो, फेडे भाल्भेर्डे, लुका मोड्रिच, क्यासमिरो, टोनी क्रुस, डेभिड अलाबा, नाचो फर्नान्डेस, ड्यानी कार्भाजल, फर्लान्ड मेन्डी र गोलरक्षक थिवाउट कोर्टुवा रहेका छन् ।

यस्तै ग्यारेथ बेल, मार्सेलो, लुका जोभिक र इडुआर्डाे कामाभिंगा पनि टोलीमा रहेका छन् । प्रतिबन्धका कारण डिफेन्डर इडर मिलिसाओ टोलीमा नरहँदा रियललाई समस्या पर्न सक्नेछ । चोटका कारण इडेन हाजार्ड र इस्को पनि टोलीमा हुनेछैनन् ।यता, साविक विजेता चेल्सी पनि घरेलु टोलीमाथि स्तब्धपूर्ण नतिजा निकाल्दै सेमिफाइनल पुग्ने दाउमा हुनेछ । चेल्सीलाई सेमिफाइनलमा पुग्न स्पष्ट ३–० को जितको खाँचो छ । तर, यो सिजनमा लयमा रहेको टोली रियलविरुद्ध उसकै मैदानमा यो जित निकाल्न कठिन हुनेछ ।

टोलीसँग फरवार्ड रोमेलु लुकाकु पनि टोलीमा हुनेछैनन् । काई हाभर्टज, टिमो वेर्नर, मासन माउन्ट र क्रिस्टियन पुलिसिसलाई यो जिम्मेवारी बढेको छ । माटियो कोभासिस, एङ्गोलो कान्टे, रिस जेम्स, मार्काेस अलन्सो, एन्टेनियो रुडिगर, थियागो सिल्भा, आन्द्रेस क्रिस्टेन्सेन र गोलरक्षक इडुआर्ड मेन्डी टोलीमा रहेका छन् । कप्तान सिसर एज्पिलिक्वेटा, हाकिम जियाच, जर्गिन्हो र रुवेन लफटस चिक पनि टोलीमा रहेका छन् ।
यस्तै अर्काे खेलमा जर्मन क्लब बायर्न म्युनिखले घरेलु मैदानमा स्पेनिस क्लब भिल्लारियलसँग खेल्दै छ । पहिलो लेगमा १–० गोलले पराजित भएको बायर्न यस खेलमा दबाबमा छ ।