‘सी’ डिभिजन लिग १० दिन पछि सर्यो

[sharethis-inline-buttons]

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना मंगलबार सुरु हुने भनिएको सहिद स्मारक ‘सी’ डिभजन लिग १० दिनपछि सरेको छ । १४ क्लबको सहमगितामा चैत २९ गतेबाट हुने भनिएको लिग प्राविधिक कारणवश २०७९ वैशाख ९ गतेबाट सञ्चालन हुने एन्फा महासचिव इन्द्रमान तुलाधरले सोमबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

योसँगै २०७८ मा ‘सी’ डिभिजन लिग आयोजना नहुने भएको छ । ‘सी’ डिभिजन लिगबाट शीर्ष २ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछन् । यो वर्षका ‘ए’ र ‘बी’ डिभिजन लिग भने सम्पन्न भइसकेका छन् । आइबार मात्र ‘बी’ डिभिजन लिग सम्पन्न भएको थियो । जसमा चर्च ब्वाइज युथ क्लब विजेता र खुमलटार युथ क्लब उपविजेताका रुपमा ‘ए’ डिभिजन लिगमा बढुवा भएका थिए । सामाजिक युथ क्लब र झम्सिखेल युथ क्लब ‘सी’ डिभिजनमा घटुवा भएका छन् ।

फागुनमा सम्पन्न ‘ए’ डिभिजन लिग मछिन्द्र फुटबल क्लबले जितेको थियो । च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज युथ क्लब ‘बी’ डिभिजनमा घटुवा भएका थिए । ‘सी’ लिग खेल्ने क्रममा खालीबारी युवा फुटबल क्लब, मनोहरा एकिकृत युवा क्लब, समाज कल्याण खेलकुद क्लब, महावीर स्टडिज एण्ड एसोसिएसन, प्लानिङ ब्वाइज युनाइटेड, वीरगन्ज युथ एकेडेमी, झापा फुटबल क्लब छन् ।

त्यस्तै पुल्चोक स्पोर्टस क्लब, स्र्पोटस ऐकेडेमी साँगा, सानेपा क्लब, आरसी ३२ फुटबल एकेडेमी, रानीवन स्पोर्टस क्लब, ओसिस क्लब र स्वयम्भु क्लबले ‘सी’ डिभिजनमा प्रतिस्पर्धा गर्नेछन ।