घुससहित मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख पक्राउ

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बर्दिवास सुनि

जनकपुरधामको भानुचौकबाट आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयको टोलीले घुससहित मालपोत कार्यालय धनुषाका निमित्त प्रमुखलकुमार झालाई पक्राउ गरेको छ । उनलाई सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले पक्राउ गरेको जनाएको छ ।

जग्गाको हकछाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राऊ गरिएको छ । अख्तियारले पक्राऊ परेको स्थलमा मुचुल्का उठाई रहेको छ । अन्य विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।