आज्ञा सम्वाददाता
काठमाडौ
वैशाख ३० मा हुने स्थानीय चुनावलाई केन्द्रित गरेर आजेदखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी घरदैलो अभियान सञ्चालन गर्ने भएको छ।
आज सबै जिल्लामा कोणसभा गरेर चुनावी घरदैलो अभियानको थालनी गरिने प्रवक्ता मोहन श्रेष्ठले बताए। राप्रपाले नेता तथा कार्यकर्तालाई टोलटोल र घरघरमा समेत पुग्न भनेको छ।
उम्मेदवार छनौट र चुनावी अभियानलगायतलाई केन्द्रीय प्रतिनिधिसमेत खटाइएको छ।
राप्रपाले स्थानीयस्तरमा लोकप्रिय रहेकालाई उम्मेवार सिफारिस गर्न पनि भनेको छ।