काठमाडौं, चैत २७ गते ।
तीन ओटा अलग – अलग हाईड्रोपावर कम्पनीले सार्वजनिक सुनुवाईका लागि आह्वान गरेका छन् ।यसैक्रममा यारू हाईड्रोपावर प्राइभेट लिमिटेडद्वारा प्रस्तावित यारू खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाले सार्वजनिक सुनुवाइ सम्बन्धी सार्वजनिक सूचना जारी गरेको हो।कम्पनीले गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नं १ मा पर्ने यारू खोलाको पानीलाई प्रयोग गरी ३० दशमलव ५९ मेवा क्षमता जडित यारखोला अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि रायसुझावका लागि सार्वजनिक सुनुवाई आह्वान गरेको हो ।
त्यस्तै ह्याप्पी इनर्जीले पनि माथिल्लो संखुवाखोला जलविद्यत आयोजना (४० मेवा) को वातावरणीय प्रभाव मल्यांकन प्रतिवेदनको सार्वजनिक सुनुवाइसम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ ।कम्पनीले प्रदेश १ अन्तर्गत संखुवासभा जिल्लाको सिलीचोङ्ग गाउँपालिकाको वडा नं २ र ३ मा पर्ने संखुवा खोलाको पानीलाई प्रयोग गरी ४० मेवा जडित क्षमता भएको माथिल्लो संखुवाखोला जलविद्युत आयोजना निर्माणका लागि सार्वजनिक सुनुवाई गर्न लागेको हो ।
यसैगरी हनुमान हाईड्रोपावर प्राइभेट लिमिटेडले पनि प्रस्तावित तातोपानी खोला जलविद्युत् आयोजना (२६ मेवा) को लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्न सुनुवाइ गर्न लागेको हो ।कम्पनीले बाग्मती प्रदेश अन्तर्गत धादिङ जिल्लाको रूबी भ्याली गाउँपालिका वडा नं ४ र ५ मा पर्ने तातोपानी खोलाको पानीलाई प्रयोग गरी २६ मेवा जडित क्षमता भएको तातोपानी खोला जलविद्युत आयोजना निर्माणमा लागि प्रस्ताव गरेको छ ।
उल्लेखित आयोजना कार्यान्वयन गर्नका लागि ती कम्पनीहरुले स्थानीय सरोकारवालाहरू, सरकारी कार्यालय, संघ/ संस्था तथा व्यक्तिगत राय सुझाव प्राप्त गर्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाइका लागि आह्वान गरेका हुन् ।