चेन्नईले सुरुवाती चार खेलमा चारमा नै बेहेर्यो हार

[sharethis-inline-buttons]

काठमाण्डौँ, चैत २७ गते ।

एजेन्सी –

चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आफ्नो इतिहासकै खराब सुरुवात गरेको छ । चेन्नईले सुरुवाती चार खेलमा चारमा नै हार बेहोरेको छ । कुनैपनि सिजनमा चेन्नईले सुरुवाती दुबै खेल हारेको इतिहास थिए । तर यस पटक सुरुवाती चार खेलमा नै जित बिहीन बनेको छ ।

चेन्नईले लगातार चार हार सन् २०१० पछि पहिलो पटक बेहोरेको हो । आइपिएलमा सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले नेतृत्व छाडेपछि चेन्नईले इतिहासकै खराब सुरुवात गरेको छ । पहिलो पटक रविन्द्र जडेजाले कप्तानी गरेपनि सुरुवात भने राम्रो हुन सकेको छैन ।
चेन्नई शनिबार सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भयो । चेन्नई पहिलो खेलमा कोलकाता नाइट राइडर्स र दोस्रो खेलमा लखनऊ सुपर जायन्ट्ससँग ६–६ विकेटले पराजित भएको थियो ।

जुन चेन्नईको इतिहासमा पहिलो पटक सुरुवाती दुबै खेल गुमाएको थियो । तेस्रो खेलमा पन्जाब किंग्ससँग ५४ रनले पराजित भएको थियो ।
चेन्नईले २०१० मा लगातार चार खेलमा पराजित भएपनि उत्कृष्ट पूनरागमनका साथ पहिलो उपाधि जितेको थियो । त्यसवर्ष चेन्नईले सुरुवाती ७ मध्य ५ खेलमा हारेको थियो । फाइनलमा मुम्बईलाई २२ रनले हराउँदै पहिलो उपाधि जितेको थियो । २०११ मा चेन्नईले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५८ रनले हराउँदै लगातार दोस्रो पटक च्याम्पियन बनेको थियो ।

त्यसपछि २०१८ र २०२१ मा चेन्नईले उपाधि जितेको थियो । चेन्नईअघि मुम्बई इन्डियन्सले मात्र ५ पटक उपाधि जितेको छ । साविक विजेता चेन्नई आइपिएलमा ९ पटक फाइनल खेलेको छ । चेन्नई आइपिएल इतिहासमा एक पटक मात्र २०२० मा पहिलो चरणबाटै बाहिरिएको थियो । २०२० मा सुरुवाती चार मध्य एक खेलमा जित निकालेको थियो