रामनवमीको अवसरमा सार्वजनिक बिदा

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता

काठमाडौं,चैत २७ गते । रामनवमी पर्वका लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।

मन्त्रिपरिषद्को चैत २४ गते बसेको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना मार्फत जनाकारि गरएको छ ।

यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले पनि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो। रामनवमीमा जनकपुरसहितका ठाउँमा विशेष मेला लाग्ने गर्छ।

रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धामिर्क ग्रन्थहरुमा उल्लेख गरिएका छ । यो पर्व चैती नवरात्रीको बीचमै परेको हुनाले आजको दिन भगवान रामको साथै आदि शक्ति नव दुर्गा देवीको समेत पूजा अर्चना गरिन्छ ।