आज्ञा सम्वाददाता
बर्लिवास
बर्दिवासका स्थानीयवासीले बर्दिवास क्षेत्रमा रेल्वे स्टेसन बनाउन नदिने चेतावनी दिएका छन् । रेल्वे स्टेसन बन्ने पक्का भएपछि सरकारले २०७३ सालमा करिब ६० बिगाहा जमिन सहमतिमै अधिग्रहण गरेको थियो । अधिग्रहणमा परेका जग्गा धनीको करोडौ्को जमिन कौडीमा मुआब्जा निर्धारित भएपछी स्थानियहरु आक्रोसित बनेका हुन। उचित मुआब्जाको पर्खाइमा रहेका स्थानीयले न्युनतम सात लाखदेखि ८१ लाखसम्म मुआब्जा निर्धारण भएपछि उनिहरु आक्रोसित बनेका हुन् ।
स्थानीयवासीले शुक्रबार पत्रकार सम्मेलन गरी बर्दिबास जस्तो सानो ठाउँमा रेल्वे स्टेसन बनाउँदा थप भिडभाड र होहल्ला हुन सक्ने भएकाले स्टेसन बनाउन नदिने घोषणा गरेका हुन् ।
बर्दिबास कै सेरोफेरोमा बनको जग्गा प्रसस्त हुँदाहुँदै बस्तीको बीचमा स्टेसन बनाउँदा धेरै ठूलो असर पर्ने उनिहरुको ठहर छ ।
मुआब्जा निर्धारण समितिले एक बर्ष अगाडि नै अधिग्रहण गरेको जग्गालाई विभिन्न ३५ शीर्षकमा विभाजन गरी न्युनतम सात लाखदेखि ८१ लाखसम्म मुआब्जा दिने निर्णय गरेको थियो मुआब्जा पीडितहरुले रेल्वे स्टेसनले विकासभन्दा पनि विनाश ल्याउने भएकाले रेलको आवश्कता महसुस नगरेको बताए ।
६ बर्षदेखि जग्गा अधिग्रहण गरेर किसानलाई बन्धनमा राखेको पीडितहरूको भनाइ छ । ‘मूल्य पुनरावलोकनको लागि उनिहरुले पटक ,पटक प्रयास गर्दा समेत कतै सुनुवाइ नभएकाले अब सशक्त प्रतिवाद गर्नै पिडितको भनाई छ।
बर्दिबासवाट मुआब्जा भन्दा पनि रेल्वे स्टेसन नै हटाउनु पर्ने स्थानीय नेता मिन बहादुर हमालको भनाइ छ । बर्दिबास जस्तो सानो ठाउँमा बिघौ जग्गा अधिग्रहण गरेर बनाउने रेल्वे स्टेसन जरुरी नभएको हमालको जिकिर छ ।
रेल्वे स्टेसन बन्दा ८४ परिवार बेघर हुने उनको भनाइ छ । करिब दुई सय घरधुरी अहिले जग्गा अधिग्रहणको कारणले पीडित बनिरहेको उनिहरुको गुनासो छ।