नागेन्द्र साह
गौशाला / महोत्तरीको औरही नगरपालिकाका एकै दिन अनेकौ संरचनाको शिलान्यास तथा उद्घाटन कार्य सम्पन्न गरिएको छ । विहीबार विभिन्न स्थानमा गई मेयर सुनिल कुमार यादवले विभिन्न संरचनाहरुको उदघाटन र शिलान्यासमा व्यस्त रहेका थिए ।
शिलान्यासतर्फ
औरही नगरपालिका वडा नं. ८ मा नगर अस्पतालको शिलान्यास सम्पन्न भएको हो । नगरप्रमुख सुुनिल कुमार यादवले सो १५ वेडक्षमता भएको नगरअस्पतालको शिलान्यास गरिएको हो ।
महेन्द्रकुमार यादवले उपलब्ध गराएको जग्गामा १७ करोड २७ लाख १ हजार ७ सय रुपैयाँमा सो संरचना निर्माण हुने नगरप्रमुख सुनिल कुमार यादवले बताए । अढाई तल्ले निर्माण हुने सो संरचनाको निर्माण कार्यअवधि २ बर्षको रहेको छ । यता, नगरको ७ वटा वडामा स्वास्थ्य चौकीको समेत विहीवार शिलान्यास गरिएको हो । ४०/४० लाख रकमको लागतमा निर्माण हुने सो स्वास्थ्य चौकीको शिलान्यास भएको हो ।
उद्घाटनतर्फ
औरही नगरपालिका ५ मा रहेको सोन्फी दशैं स्कुल श्रीपुरमा नवनिर्मित भवनको उदघाटन गरिएको हो । प्राविधीक विषयको पठनपाठन हुने सो विद्यालयमा अज स्वाईल टेस्ट उपकरण, फिजिक्स ल्यावको व्यवस्था, हाइड्रोलिक ल्यावको व्यवस्था , आई सिटि ल्याव, केमेष्ट्री ल्याव, ड्रोइङ्ग ल्याव, वर्क सोवाइल ल्यावजस्ता उपकरण राख्नका लागि सो संरचनाको निर्माण गरिएको विद्यालय स्रोतले जनाएको छ । त्यस्तै सोही विद्यालयमा अध्ययनरत ३३ जना छात्रालाई साईकल वितरण गरिएको हो ।
त्यस्तै जंघा नदीमा निर्मित पुलको समेत उदघाटन गरिएको हो । २६ करोडको लागतमा निर्मित श्रीपुर र कविलासा जोडने पुलको उदघाटन गरिएको हो ।
पुलबाट १० हजार जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वित हुने नगरपालिका स्रोतले जनाएको छ । यता वडा नं. ६ मा ३० लाखको लागतमा निर्मित रामजानकी मन्दिरको उदघाटन गरिएको हो ।