रोजगारीका लागी कतार पुगेका युवकको सवारी दुर्घटनामा ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा संवाददाता 

सर्लाही-

रोजगारीका लागि कतार गएका मधेश प्रदेशका एक युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ ।सर्लाहीको हरिवन नगरपालिका ११ का ३४ वर्षीय अम्रेश कुमार जैसवालको सवारी दुर्घटनामा कतारमा मृत्यु भएको हो ।अनुसार ६ महिना अघि वैदेशिक रोजगारीका लागि कतारको राजधानी दोहा गएका अम्रेशको मंगलबार सवारी दुर्घटनामा परेर मृत्यु भएको परिवारजनले जनाएको छ ।

डेलिभरीको काम गर्ने जैसवाललाई मोटरसाइकलमा हिँडिरहेका बेला पछाडिबाट कारले ठक्कर दिएपछि मृत्यु भएको उनका छिमेकी साथी शम्भु मगरले जानकारी दिए ।मगरका अनुसार मृतक अम्रेशको शव नेपाल ल्याउन आफूहरुले पहल गरीरहेको बताए ।मृतक जैसवालको परिवारलाई कतार सरकारको नियम अनुसार पाउने रकम दिलाउन पनि पहल गरिरहेको मगरले बताए ।

त्यहाँको प्रहरीले भने कार चलाइरहेकी कतारी महिलाको दोष देखाउन इन्कार गरिरहेको बुझिएको छ ।मृतक जैसवालका श्रीमती, दुई छोरा र एक छोरी छन् ।