बारामा ट्याक्टरको रोटाभेटरले किचेर एक बालकको मृत्यु

[sharethis-inline-buttons]

बारामा ट्याक्टरको रोटाभेटरले किचेर एक बालकको मृत्यु भएको छ ।

बुधवार विहान बाराको निजगढ नगरपालिका–१० मा ट्रयाक्टरमा जोडेको रोटाभेटरले किचेर स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिकास बम्जनको मृत्यु भएको छ ।

प्रदेश २ ०३ ००१ त १३१३ नम्बरको ट्रयाक्टरमा जडान गरेको रोटाभेटरमा चढ्ने क्रममा उनलाई किचेको थियो ।

ट्रयाक्टर चालक फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएका छन् ।