प्रचण्ड’ सहिद गेटको उद्घाटन गर्न आज सिरहा आउँँदै

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सिरहा
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद गेटको उद्घाटन गर्न आज सिरहा आउँँदैछन् । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र जनयुद्धका क्रममा सहादत प्राप्त गरेका सहिदको स्मृतिमा गेट बनाइएको छ ।
२०७० को संविधानसभा निर्वाचनमा सिरहा प्रचण्डको निर्वाचन क्षेत्र भएको जिल्ला पनि थियो । क्षेत्र नम्बर(५ बाट उनी संविधानसभा सदस्यको रूपमा विजयी भएका थिए ।