आज्ञा सम्वाददाता
सर्लाही
सर्लाहीमा गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । गेली बुधबार साँझ सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–९, कृष्णामती विद्यालय पछाडि चलेको हो । गोली चले लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले पहिचान नखुलेको एकजना पुरुषलाई घाइते अवस्थामा उद्धार गरेर मलंगवा अस्पतालमा उपचारकालागी भर्ना गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गोली कसले र किन चलायो भन्नेबारेमा केही खुल्न सकेको छैन ।
घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । घाइते भारतीय नागरिक भएको आशङ्का गरिएको छ ।