बर्दिवासमा भ्यु टावरको काउन्टरमा हरितपार्कको शिलान्यास

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बर्दिवास
चुरे संरक्षण तथा जलवायु परिवर्तनलाई मध्यनजर गर्दै हरित अभियान अन्तर्गत हरितपार्कको अवधारणा अगाडि आएसंगै
महोत्तरीमा हरित पार्कको शिलान्यास गरिएको छ ।

चुरे संरक्षण तथा जलवायु परिवर्तनलाई मध्यनजर गर्दै हरित अभियान अन्तर्गत हरितपार्कको अवधारणा अगाडि आएको हो।
आइतबार एक कार्यक्रमकाबीच बर्दिबास नगरपालिकास्थित रातु नदीको किनारमा पूर्वशिक्षामन्त्री गिरिराजमणी पोखरेलले अत्यधुनिक हरित पार्कको शिलान्यास गरे ।

रातु नदीले बनाएको बालुवाको बगरमा हरितपार्क बनाउने गुरुयोजना रोटरी क्लब अफ बर्दिबासले अगाडि बढाएको हो । रोटरी क्लब अफ बर्दिबासको पहलमा करीब १० करोड लगानीमा अत्यधुनिक पार्कको निर्माण प्रक्रिया औपचारिकरुपमा अगाडि बढेको छ ।

झन्डै १५ कठ्ठा जमिनमा बन्न लागेको हरित पार्कमा बोटबिरुवा रोपेर सुन्दर बनाइने बताइएको छ । पार्क निर्माणमा पारम्भिक चरणमा १ करोड ६१ लाख लागत अनुमान गरिएको छ ।

कुल लागतको बर्दिबास नगरपालिकाले ३१ लाख र वन तथा भू–संरक्षण विभागबाट ७४ लाख बजेट बिनियोजन भएको रोटरी कलब अफ बर्दिबासका अध्यक्ष विष्णु खडकाले जानकारी दिए ।

हरित अभियान अन्तर्गत नै जिल्लाका विभिन्न ठाउँमा गरी ३ लाख बिरुवा रोपिएको नेता पोखरेलले जानकारी दिए ।