मछिन्द्र फुटबल क्लबले आज ब्लु स्टारसँग खेल्दै

[sharethis-inline-buttons]

काठमाडौं  –

नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले आज (मंगलबार) एएफसी कप छनोटको प्रारम्भिक चरणमा श्रीलंकाको ब्लु स्टार एससीसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेपछि हुनेछ । लिग च्याम्पियनको हैसियतमा मछिन्द्रले पहिलोपटक एएफसी कप छनोट खेल्न लागेको हो ।

अघिल्लो पटक लिग च्याम्पियन बनेपनि क्लब लाइसेन्स प्राप्त नगरेका कारण मछिन्द्रले छनोटको मौका गुमाउँदा लिगको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबले छनोट चरण खेलेको थियो । अहिले नेपालबाट मछिन्द्रसहित मनाङ, त्रिभुवन आर्मी र एपीएफले क्लब लाइसेन्स प्राप्त गरिसकेको छ ।

मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवालले श्रीलंकाको ब्लु स्टार क्लबविरुद्धको खेलका लागि टोली तयार रहेको प्रि म्याच पत्रकार सम्मेलनमा बताइसकेका छन् । उनले लिग च्याम्पियन र एएफसी कप खेल्ने योजना अनुसार गत कात्र्तिक देख िनै टोलीको प्रशिक्षण भइरहेको समेत बताएका छन् ।

मछिन्द्रले लिगमै रहेका २४ खेलाडी नै टोलीमा रहेको बताएको छ । ब्लु स्टारका प्रशिक्षकले नेपाली टोली बलियो रहेको बताउँदै आफ्नो तर्फबाट सक्दो राम्रो खेल्दै अघिल्लो चरणमा प्रवेश गर्ने योजना रहेको बताए । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । जुन खेल अप्रिल १२ मा हुनेछ ।