आज्ञा सम्वाददाता
बर्दिवास
हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
हाल देशको प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
त्यसैगरी आज दिउँसो ः प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने छ। प्रदेश नं १ को पहाडी भू–भागका थोरै स्थानहरुमा र बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती ः प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
साथै आगामी २४ घण्टामा
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको तथा तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुनाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।
आज देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना
© 2024: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech