नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारले निर्वाचनको लागि चन्दा नदिने घोषणा

[sharethis-inline-buttons]

आज्ञा संवाददाता

काठमाडौं , चैत २१ गते ।

नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुले आसन्न निर्वाचनमा कुनै पनि दल तथा उम्मेदवारलाई चन्दा नदिने घोषणा गरेका छन् ।संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, जाइका, युके एड, कोइका लगायतका विकास साझेदारहरुले संयुक्त वक्तव्य निकालेर आफ्ना कर्मचारी र परियोजनाहरुले चन्दा वा जिन्सी सहयोगको दबाब सामना गर्नु परेको बताएका छन् ।

उनीहरुले भनेका छन्, ‘आउँदो निर्वाचन वा कुनै पनि समयमा चन्दा, नगद वा जिन्सी उपलब्ध गराइने छैन ।’आफ्ना कर्मचारी साझेदारहरुप्रति लक्षित जबरजस्ती, त्रास वा धम्कीसमेत स्वीकार्य नहुने उनीहरुले बताएका छन् ।