नेपाल दलित मुक्ति संगठनको मधेश प्रदेश भेला बर्दिवासमा सम्पन्न

आज्ञा सम्वाददाता
बर्दिवास
नेकपा एकीकृत समावादी निकट नेपाल दलित मुक्ति संगठनको उपाध्यक्ष तथा मेधस प्रदेश इन्चार्ज धर्मनाथ साहले एकीकृत आवाजलेमात्र समाज परीवर्तमा सहयोग पुग्ने बताए । नेपाल दलित मुक्ति संगठनको मधेश प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्याक्रमलाई सम्बोधन गर्दै
उनले छरिएर रहेका दलितहरु अव एउटै छातामा संगठित भएरमात्र दलितमाथिको विभिभेद कमगर्न सकिने बताए ।
नेपाल दलित मुक्ति संगठनका गणेश विकले आजपनि दलितहरु सहि राजनीतिक विचारमा संगति हुन नसकेको कारण विभेदमा परिरहेको बताए । नेकपा एकीकृत समावादी निकट नेपाल दलित मुक्ति संगठनको मधेश प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्याक्रम महोत्तरीको वर्दिवासमा सम्पन्न भएको छ । भेलाले मिन रहपालको अध्यक्षतामा ५१ सदस्यिय मधेस प्रदेश कमिटी चयन गरेको हो ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...