काठमाण्डौँ-
नेपालसहित दक्षिण एसियाली देशमा खानामा बेसारको प्रयोग गरिन्छ । बेसारले स्वाद बढाउने मात्र नभई शरीर स्वस्थ राख्न पनि मद्दत गर्छ ।
बेसारको प्रयोगबाट मुटुसम्बन्धी समस्या, पाचन प्रणालीको समस्या, डायबिटिज, डिप्रेसन, अल्जाइमर जस्ता रोगबाट बच्न सकिने तथ्य सार्वजनिक भएका छन् ।
बेसारमाथि गरिएका विभिन्न अध्ययन अनुसन्धानमा त्यसमा औषधीय गुण भएको यौगिक करक्युमिन पाइएको छ ।मुसामा प्रयोग गरिएको बेसारमा करक्युमिनले क्यान्सर बढ्न नदिन मद्दत गरेको अध्ययनले देखाएको छ । तर बेसारमा दुई तीन प्रतिशत करक्युमिन पाइने हुँदा शरीरले यसको सबै मात्रा लिन सक्दैन । बेसारसम्बन्धी गरिएका विभिन्न अध्ययनले खानामा बेसारको मात्राबारे पनि उल्लेख गरेका छन् ।
बेसारको मात्रा दैनिक प्रयोग गर्ने वा स्वस्थ रहन त्यसमा पाइने तत्व करक्युमिनको दैनिक प्रयोग गर्नेबारे विभिन्न अध्ययन भइरहेका छन् ।
बेसारको नियमित सेवनले शरीरमा बिस्तारै सकारात्मक पार्ने उक्त अध्ययनले देखाएको छ । बेसारले शरीरलाई स्वस्थ राख्नुका साथै पुराना रोगबाट बचाउन सक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । बीबीसी हिन्दीबाट