राष्ट्रिय भुमि आयोग महोत्तरीका अध्यक्ष ज्ञानबहादुर गोलेले
भुमिहिन तथा अब्यबस्थित बसोवासमा देखिएको बिचौलिया प्रथाको अन्त्य गरीने बताएका छन। महोत्तरीको बर्दिवासमा आयोजित बर्दिवास नगरपालिका वडा नम्बर ५ ले गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। उनले प्रक्रिया पुर्याएर आएका नागरिकलाई तुरुन्त जग्गा धनी प्रमाण पुजा दिईने प्रस्ट पारे। अध्यक्ष गोलेले आफु काम गर्न आयोगमा आएकाले बिधि र प्रक्रिया भित्र रहि अहोरात्र खटेर महोत्तरी जिल्ला भित्रका भुमिहिन तथा अब्यबस्थित बसोवासीको समस्या अन्त्य गर्न सधै तत्पर रहने प्रतिबद्धता जाहेर गरे। गोलेले बिगतका आयोगले गरेका सकनरात्मक कामकाजलाईनै निरन्तरता दिएर महोत्तरीबासीको समस्या समाधान गर्न कसरी छिटो छरीतो हुन्छ त्यसतर्फ लाग्ने बताए। उनले २२ औ आयोग गठन भएर समेत महोत्तरीका भुमिहिनको समस्या समाधान हुँन नसकेकोमा चिन्ता ब्यक्त गर्दै अब होत्तरीका भुमिहिन तथा अब्यबस्थित बसोवासीले आफुले जोत कोड गरेको जग्गा मेरो भएपनी यस्मा मेरो स्वामित्व छैन भन्ने निरनशाबादी चिन्तनको चाडै अन्त्य गर्नै बिश्वास दिलाए। महोत्तरीका भुमिहिन तथा अब्यबस्थित बसोवास गर्नैहरुले आफ्नो जग्गा स्वामित्वमा लिनकोलागी बिभिन्न झनझट र हैरानी बयहोर्नु पर्ने ब्यवस्थाको समेत केहि समयमै अन्त्य हुने बताए।
स्वागत कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा महोत्तरी जिल्ला ईन्चार्ज राजु खड्का केन्द्रिय सदस्य भवानी थापा लगायतका नेता कार्यकर्ताको उपस्थिती थियो।
आफु काम गर्न आयोगमा आएकाले महोत्तरी भित्रका भुमिहिन तथा अब्यबस्थित बसोवासीको समस्या अन्त्य गर्न सधै तत्पर रहने छु अध्यक्ष गोले
![](https://aagyakhabar.com/wp-content/uploads/2022/04/277534851_402130841756058_2183701799609884228_n.jpg)
© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech
![](https://aagyakhabar.com/wp-content/uploads/2025/01/bardibas2-scaled.jpg)