दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर गरे नेपाली रेलको उद्धघाटन

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
जनकपुरधाम

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर भारतको जयनगर देखि जनकपुरधामको कुर्थासम्म चल्ने रेलको उद्धाटन गरेका छन।
केही समय अगाडि भेटवर्तापछि नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट दुई राष्ट्रका प्रमुखले संयुक्त रुपमा जयनगर–जनकपुरधाम–कुर्था रेलको संयुक्त उद्घाटन गरेका हुन् ।

भारतको जयनगर देखि जनकपुरधामको कुर्थासम्म ३४।९ किलोमिटर रेल्वे सेवा अब आइतवार देखि दिनहुँ दुई पटक सञ्चालन हुनेछ । रेल चढन जनकपुरधाम देखि जयनगरसम्मको सामान्य कोचको ७० रुपैयाँ र एसी कोचको ३५० रुपैयाँ तोकिएको छ ।