राजेन्द्र खड्गीले बनाउने ‘सेभेन भिलेन’, बैशाख अन्तिमबाट छायांकन सुरु

[sharethis-inline-buttons]

आज्ञा संवाददाता

काठमाण्डौँ

एक समय नेपाली फिल्ममा भिलेनको भूमिकामा एकछत्र हालीमुहाली गरेका राजेन्द्र खड्गीले आफ्नो करिअरमा दुई सयभन्दा बढी फिल्ममा अभिनयसँगै द्वन्द्व निर्देशकको रुपमा काम गरे । तर, विगत ७/८ वर्षयता भने उनी अभिनयमा सक्रिय छैनन् । करिअरको उचाइँमा रहँँदा केही फिल्मको निर्माण तथा निर्देशक समेत गरेका खड्गी लामो समयपछि फिल्म निर्माणमा फर्किने भएका छन् ।

उनले ‘सेभेन भिलेन’ नाममा फिल्म बनाउन लागेका हुन् । बैशाख अन्तिमबाट छायांकन सुरु गर्न लागिएको फिल्मको निर्देशनको जिम्मेवारी शोभित बस्नेतले पाएका छन् । सात जना भिलेनको कथामा निर्माण हुने फिल्ममा दर्शकले भिलेनको चरित्रमा रुचाएका कलाकारहरुको अभिनय रहने निर्देशक बस्नेतले जानकारी दिए । फिल्मका लागि केही कलाकारहरु फाइनल भइसकेका छन् ।

फिल्ममा भिलेनको भूमिकाका लागि राजेन्द्र खड्गी, सुनील थापा, डिनेश डिसी, सम्राट सापकोटा फाइनल भएका छन् भने बाँकी तीन जना कलाकार केही दिनमा छनोट हुने निर्देशक बस्नेतले बताए । फिल्ममा हिरोको रुपमा एक जना चर्चित नायकको पनि अभिनय रहने उनले जानकारी दिए । एक्सन जनरामा निर्माण हुने फिल्मको यतिबेला स्क्रिप्टमा काम भइरहेको उनको भनाई छ ।