वीरगञ्जबाट सशस्त्र प्रहरीद्वारा ३० किलो गाँजा बरामद

[sharethis-inline-buttons]

वीरगञ्ज-

सशस्त्र प्रहरीले वीरगञ्जबाट ३० किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ । बिहीबार राति पौने १० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका २० स्थित हर्पतगंज सडक खण्डबाट सो गाँजा बरामद गरेको हो ।

चेकजाँचको क्रममा बिना नम्बर प्लेटको गाडीको डिकी भित्र दुईवटा प्लास्टिकले बेरेको पोकामा गाँजा बरामद गरेको मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख (डिआइजी) गाणेश ठाडा मगरले जानकारी दिए ।

एउटा पोकामा १६ किलो र अर्को पोकामा १४ किलो १ सयग्राम गाँजा बरामद भएको हो ।गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको जनाएको छ ।