आज्ञा सम्वाददाता
जनकपुरधाम
स्थानीय तहको चुनाबलाई लक्षितगर्दै धनुषामा काँग्रेसले घरघर जाँउ काँग्रेस जिताउ अभियान सुरु गरेको छ । बिहीबार जनकपुरधाममा एक औपचारिक कार्यक्रमका बिच अभियान आरम्भ गरीएको हो । काँग्रेस धनुषाको आयोजनामा काँग्रेसकी केन्द्रीय सदस्य मञ्जु खाणले अभियानको उद्घाटन गर्दै अभियान सञ्चालन भएको घोषणा गरेकी थिइन् ।
नेतृ खाणले जनकपुरधाममा काँग्रेसभित्र एकता नभएकै कारण विगतमा पार्टीले हार्नु परेको बताईन ‘ काँग्रेस हार्नुको एउटा मात्र कारण पार्टी भित्रको मनमुटाव र गुटउपगुट रहेकाले त्यसलाई सुधार गर्न नेता कार्यकर्ताहरूलाई उनले आग्रह गरीन ।’
कार्यक्रममा अधिकांश वक्ताले महिलालाई स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा टिकट दिएर चुप लागेर बस्नु पर्ने बाध्यताको अवस्था सृजना गरिएको भन्दै यसपालि महिलालाई स्थानीय तहको प्रमुख पदमा नेतृत्वदायी भूमिका दिनुपर्ने जोडदार आवाज उठाएका छन् ।