राष्ट्रिय भुमि आयोग महोत्तरीको अध्यक्षमा ज्ञान बहादुर गोले नियुक्त

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बर्दिवास
राष्ट्रिय भुमि आयोग महोत्तरीको अध्यक्ष पदमा महोत्तरीको बर्दिवास ५ निवासी ज्ञान बहादुर गोले नियुक्त भएका छन। नेपाल सरकार मन्त्री परिषदको चैत्र १७ गत्तेको निर्णय अनुसार भुमि आयोग गठन आदेश २०७८ को दफा ८ को उपदफा १ को खण्ड क अनुसार भुमि आयोग महोत्तरी जिल्ला समितीको अध्यक्ष पदमा गोलेलाई नियुक्ति गरीएको हो।

नव नियुक्त अध्यक्ष गोलेलाई आजै राष्ट्रिय भुमि आयोगका केन्द्रिय अध्यक्ष केशब निरौलाले भुमि ब्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठको उपस्थितीमा राष्टिय सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरको सभा गृहमा पद तथा गोनियताको सपथ ग्रहण गराएका छन।