स्कुल बसको ठक्करबाट जनकपुरधाममा एकजनाको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
जनकपुरधाम
स्कुल बसको ठक्करबाट जनकपुरधाममा एकजनाको ज्यान गएको छ ।
जनकपुरधामस्थित पुष्पबाटिका स्कुलको बसले बिहिवार जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ खाद्य संस्थान नजिक मोटरसाइकललाई ठक्कर दिँदा क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका ३५ वर्षीय मनोज लामिछानेको ज्यान गएको हो ।
जनकपुरधामबाट लक्ष्मीनियाँ तर्फ जाँदै गरेको प्र–२–०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसका चालक फरार भएकाले उनको खोजी भइरहेको तथा घटनाको बिषयमा थप अनुसन्धान भइरहेको बताईएको छ।