जाँचबुझ आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मधेश प्रदेशका प्रमुखले गरे प्रमाणीकरण

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
जनकपुरधाम

जाँचबुझ आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मधेश प्रदेशका प्रमुख हरिवंश मिश्रले प्रमाणीकरण गरेका छन् ।
नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेशसभाको बैठकबाट पारित ‘जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८प्रदेश प्रमुख मिश्रले प्रमाणीकरण गरेको बताइएको छ।